संसदीय समितिले नाम अनुमोदन गरे हाल कायम मुकायम प्रधानन्यायाधीश रहेका कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन् । कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले सिफारिस गरेको थियो । संवैधानिक परिषदबाट भएको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ ।

अरब सागरबाट आएको शक्तिशाली समुद्री आँधी बिपरजोय भारतको उत्तरपश्चिम गुजरात पुगेको छ । हिजो बेलुका आँधी भारतको गुजरात र पाकिस्तानको सिन्ध प्रान्तनजिक पुगेको हो । आँधीका कारण गुजरातका द्वारका, जामनगर, मोरबी र राजकोटलगायत धेरै जिल्लामा ठूलो वर्षा र तीव्र गतिमा हावा चलेको छ । गुजरातका राहत आयुक्त आलोक पाण्डेले समुद्री आँधीको गति केही घटेको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । आँधीले पुर्याएकाे क्षतिको विवरण आउन बाँकी छ ।  किस्तानको विपद् व्यवस्थापन निकायले आँधीका कारण कराँचीदेखि भारतको गुजरातसम्मको समुद्रमा अग्ला छाल आउनसक्ने सक्ने चेतावनी दिएको छ ।  यस्तै, मुम्बईका तटीय क्षेत्रमा जान मानिसहरूलाई रोक लगाइएको छ । भारत तथा पाकिस्तानका विभिन्न ठाउँबाट एक लाख ७० हजार जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । बाङ्गला भाषामा बिपरजोयको अर्थ ‘प्रकोप’ भन्ने हुन्छ । भारतमा ठूलो वर्षाका कारण यो हप्ता कम्तीमा ७ जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?