आरोप प्रमाणित भए राजीनामा दिन तयार छु : हरिकृष्ण कार्की

 प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूमाथि लागेकाे आराेप प्रमाणित भए राजीनामा दिन तयार रहेकाे बताउनु भएकाे छ ।

आज संसदीय सुनुवाइ समितिमा समिति सदस्यहरुले सोधेका प्रश्नको जवाफ दिँदै उहाँले आफूमाथिको आरोप प्रमाणित गर्न जुनसुकै निकायबाट छानबिन गराउन र प्रमाणित भए पेसा छाडेर जान तयार रहेको बताउनु भएकाे हाे ।

साथै उहाँले न्यायाधीश नियुक्तिको तयारीका लागि छुट्टै कोर्ष बनाउन लागेको बताउनुभएको छ । उहाँले न्यायाधीश नियुक्ति गर्नका लागि छुट्टै कोर्ष बनाउने र कोर्ष अनुसार पास भएमात्रै न्यायाधीश नियुक्तिको बाटो खुल्ने प्रणालीको विकास गर्न खोजिएको बताउनु भयो ।

उहाँले प्रणाली लागू भए न्यायाधीश नियुक्तिमा आइरहेका ५० प्रतिशत समस्या समाधान हुने र बाँकी ५० प्रतिशत समस्या भने व्यवहारबाट समाधान गर्नुपर्ने बताउनु भयो । आफ्नो कार्यकालमा नै यो व्यवस्था लागू गर्नेगरी अघि बढेको कार्कीले बताउनु भयो।

 

अन्तिम अपडेट: असार १, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?