स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ सिउडबारीमा १० वर्षीय बालकको हत्या भएको छ । धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा हर्षित देवकोटाको शव हिजो घरदेखि टाढा खरबारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिनुभयो । स्कुलबाट फर्किएका हर्षित बेपत्ता भएपछि खोजी थालिएको थियो । बालकको हत्या आरोपमा सिउडबारीका २२ वर्षीय सुजन चुवाई (सुवेदी) लाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।