जिम्बावेले नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो, तालिकाको शीर्ष स्थानमा

आईसीसी एकदिवसीय विश्व कप छनोट प्रतियोगिता अन्तर्गत जिम्बावेले नेदरल्याण्ड्सलाई  ६ विकेटले हराएको छ ।

नेदरल्याण्ड्सले दिएको  ३ सय १६ रनको विशाल लक्ष्य जिम्बावेले ४० ओभर पाँच बलमा चार विकेट गुमाएर भेट्टायाे । उसका लागि सिकन्दर राजाले नटआउट १ सय ४ रन बनाए ।

यस्तै, सिन विलियम्सले ९१ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको  नेदरल्याण्ड्सका लागि विक्रमजित सिंहले ८८ र स्कट इडवार्डले ८३ रन बनाए । जिम्बावेका सिकन्दर राजाले ४ विकेट लिए। लगातार दोस्रो जितसँगै जिम्बावे ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?