आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनाेटमा नेपालले वेस्ट इन्डिजले दिएकाे ३ सय ४० रनकाे लक्ष्य पछ्याइरहेकाे छ ।
विशाल रनकाे लक्ष्य पछ्याएकाे नेपालले खराब सुरुवात गरेकाे छ । ताजा अवस्थामा नेपालले २० ओभरमा ४ विकेट गुमाएर ८१ रन बनाएकाे छ । नेपालकाे पछिल्लाे विकेटकाे रूपमा कप्तान राेहित पाैडेल ४३ बलमा ३० रन बनाएर आउट भए । यसअघि कुशल भुर्तेल ५, आसिफ शेख २८ र भीम सार्की २ रनमा आउट भए ।
बलिङतर्फ वेस्ट इन्डिजका जेसन हाेल्डरले २ विकेट लिएका छन् । यस्तै अलजारी जाेसेफ र केमाे पाउनले १/१ विकेट लिएका छ्न् ।