आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटमा स्कटल्याण्डले यूएईलाई हराएको छ । जिम्बावेमा भएको खेलमा स्कटल्याण्डले यूएईलाई १ सय ११ रनले हरायो । स्कटल्याण्डले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको यूएईले ३५ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७१ रन मात्रै बनाउन सक्यो ।
यूएईका बासिल अहमदले सर्वाधिक ३० रन बनाए । स्कटल्याण्डका सफयान शरिफले चार र क्रिस सोलले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डका लागि रेची बेरिङ्टनले १ सय २७ रन बनाएका थिए । लगातार दोस्रो जितसँगै स्कटल्याण्ड समूह ‘बी’ को दोस्रो स्थानमा पुगेको छ । लगातार तेस्रो हारसँगै यूएई सुपर सिक्सको दौडबाट बाहिरिएको छ ।
यस्तै, समूहको अर्को खेलमा आज श्रीलङ्काले ओमानलाई हराएको छ । लगातार दोस्रो जितसँगै श्रीलङ्का ४ अङ्ककासाथ समूह ‘बी’ को शीर्ष स्थानमा पुगेको छ । तीन खेलमा ४ अङ्क भएको ओमान तेस्रो स्थानमा छ ।