साफ च्याम्पियनसिप फुटबलमा भारतसँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो

साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा घरेलु टोली भारतले नेपाललाई हराएको छ ।

बेङ्ग्लोरमा हिजो भएको खेलमा नेपाल भारतसँग २–० गोलले पराजित भयो । भारतको जितमा कप्तान सुनिल क्षेत्री र मिडफिल्डर महेश नाओरेमले समान एक/एक गोल गरे । नेपालले पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि भारतले दोस्रो हाफमा दुई गोल गर्यो ।

जितसँगै समूह ‘ए’ बाट भारत सेमिफाइनलमा पुगेको छ भने नेपाल बाहिरिएको छ । नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ गोलले पराजित भएको थियो । आफ्नो अन्तिम खेलमा नेपालले पर्सि मङ्गलवार पाकिस्तानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?