सिन्धुलीको मरिन, रानिबास र आसपासको क्षेत्रमा ठूलो वर्षा : पहिराेकाे जाेखिम

सिन्धुलीको मरिन, रानिबास र आसपासको क्षेत्रमा ठूलो वर्षा भएको छ । त्यहाँका स–साना खोलाहरूमा जल सतह बढ्ने तथा कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज शुक्रवार कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । यस्तै काठमाण्डौसँग मुख्य नाका जोडिएको नागढुङ्गा–नौबिसे तथा मुग्लिन–नारायणगढ सडक यति बेला सामान्यरूपमा चलिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?