एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ सँगकाे खेलमा नेपालका साेमपाल कामीले अर्धशतक बनाएका छन् । साेमपालले ७७ बलमा ५० रन बनाए ।
श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ गरिरहेकाे नेपालले ताजा अवस्थामा ३२ ओभर १ बलमा ९ विकेट गुमाएर १ सय ५४ रन बनाएकाे छ । नेपालका कुशल भुर्तेल १, आसिफ शेख १२, अर्जुन साउद १७, कप्तान राेहित पाैडेल ४ तथा भीम सार्की शून्य, पवन सर्राफ १, कुशल मल्ल १७, गुसलन झा १३ र प्रतिस जिसी २६ रनमा आउट भए । अहिले साेमपाल कामी र ललित राजवंशी क्रिजमा छन् ।
पाकिस्तानका शहनवाज दहानी र माेहम्मद वसीम जेआरले ४/४ विकेट लिएका छन् ।