कालीकाेटकाे रुडुमा ‘इन्फ्लुएन्जा बी भाइरस’ फैलिएकाे पुष्टि

असारको तेस्रो हप्तादेखि तिलागुफा नगरपालिका–१० रुडुमा फैलिएको रोग इन्फ्लुएन्जा बी भाइरस भएको पुष्टि भएकाे छ । रुडुकाे महादेव माध्यमिक विद्यालयमा थाहा नभएको रोगले एक विद्यार्थीको ज्यान गएपछि परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेको थियो ।

रुडुमा बिरामी परेका ३ सय ११ जनामध्ये ९ जनाकाे रगत र १० जनाकाे स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा इन्फ्लुएन्जा बी भाइरस फैलिएकाे पुष्टि भएकाे हाे । याे भाइरसकाे सङ्क्रमणबाट अहिलेसम्म एक जनाकाे ज्यान गएकाे छ भने १ सय ७८ जना बिरामी परेका छन् ।

तिलागुफा नगर अस्पतालका प्रमुख डाक्टर टङ्कप्रसाद आचार्यसहितकाे टाेली र स्वास्थ्य सेवा कार्यालय कालीकोटका मेडिकल अधिकृत डाक्टर रामानन्द चौधरीको नेतृत्वमा गएको पाँच सदस्यीय स्वास्थ्यकर्मीको टोलीले रुडु पुगेर बिरामीको जाँच गरेकाे हाे ।

विशेषगरी याे भाइरसले बालबालिकालाई बढी असर गर्ने भएकाले सुरक्षित रहन स्वास्थ्य सेवा कार्यालय कालीकोटले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?