डाेटीमा कुकुरकाे टाेकाइबाट पाँच जना घाइते भएका छन् । डाेटीकाे शिखर नगरपालिका–१ कपल्लेकीमा कुकुरले टोक्दा पाँच जना घाइते भएका हुन् ।
कुकुरको टोकाइबाट २८ वर्षीया मिना महरा, ३९ वर्षीया सीता भुल, १० वर्षीय आदेश विक र अन्य दुई जना घाइते भएका वडाअध्यक्ष दीपक बोगटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार गरिएकाे छ ।