सिन्धुलीको दुधौली नगरपालिका-२ भलुवाहीमा कमलामाई खोलामा डुबेर एक बालकको ज्यान गएको छ ।
आज दिउँसो खोलामा डुबेर सुकदेव कुमरका आठ वर्षीय छोरा आयुष कुमरको ज्यान गएको हो ।
खोलामा डुबेका बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगे पनि डाक्टरले मृत घोषित गरेका हुन् ।