भारतमाथि बङ्गलादेशकाे महिला क्रिकेट टाेलीकाे कीर्तिमानी जित, ओडीआईमा पहिलाे पटक हरायाे

बङ्गलादेशकाे महिला टाेलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) मा भारतमाथि कीर्तिमानी जित निकालेकाे छ । घरेलु मैदान मिरपुरमा भएकाे पहिलाे एकदिवसीय क्रिकेटमा बङ्गलादेशले भारतलाई डीएलएस मेथडमा ४० रनले हरायाे । बङ्गलादेशकाे महिला टिमले भारतलाई एकदिवसीय क्रिकेटमा पहिलाे पटक हराएकाे हाे ।

बङ्गलादेशले दिएकाे १ सय ५४ रनकाे लक्ष्य पछ्याएकाे भारत ३५ ओभर ३ बलमा १ सय १३ रनमा अलआउट भयाे । भारतकी दिप्ती शर्माले सर्वाधिक २० रन बनाइन् । यस्तै यास्तिका भाटिया र अमनजाेत काैरले समान १५ रन बनाए । बलिङतर्फ बङ्गलादेशकी मरुफा अख्तेरले ४ र रबिया खानले ३ विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे बङ्गलादेश ४३ ओभरमा १ सय ५२ रन बनाउँदा अलआउट भयाे । बङ्गलादेशका लागि निगर सुल्तानाले ३९ र फरगना हकले २७ रन बनाइन् । बलिङतर्फ भारतकी अमनजाेत काैरले ३ विकेट लिइन् ।

वर्षाका कारण झन्डै एक घण्टा खेल राेकिएपछि खेल ४४ ओभरमा झारिएकाे थियाे ।

याे जितसँगै बङ्गलादेशले ३ खेलकाे शृङ्खलामा १–० काे अग्रता लिएकाे छ । यसअघि भएकाे ३ खेलकाे टी–२० शृङ्खला भारतले २–१ ले जितेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?