बङ्गलादेशसँगकाे मैत्रीपूर्ण फुटबल शृङ्खला जितेकाे नेपाली महिला टाेली स्वदेश फिर्ता

बङ्गलादेशकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृङ्खला जितेकाे नेपाली महिला टाेली स्वदेश फर्किएकाे छ । नेपाली महिला टाेली केहीबेरअघि काठमाण्डाै आइपुगेकाे हाे ।

नेपाली महिला टाेलीले हिजाे आइतवार बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हराउँदै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृङ्खलाकाे उपाधि जितेकाे थियाे । यसअघि गएकाे बिहीवार भएको पहिलो खेलमा नेपाल र बङ्लादेशले १–१ गाेलको बराबरी खेलेका थिए ।

नेपालकाे जितमा वैकल्पिक गाेलकिपर अञ्जना राना मगरले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । अञ्जना खेलकाे ९० औँ मिनेटमा एन्जिला तुम्बापाे सुब्बाकाे ठाउँमा मैदान छिरेकी थिइन् । अञ्जनाले पेनाल्टी शुटआउटमा बङ्गलादेशकी शेउली अजीम र मारिया मान्डाकाे प्रहार राेकेकी थिइन् । नेपालका लागि सावित्रा भण्डारी, हिरा भुजेल, दीपा शाही र अनिता केसीले गाेल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?