एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई ‘ए’ पाकिस्तान ‘ए’ सँग १ सय ८४ रनकाे फराकिलाे अन्तरले पराजित भएकाे छ ।
पाकिस्तानले दिएकाे ३ सय १० रनकाे लक्ष्य पछ्याएकाे यूएई २९ ओभर ५ बलमा १ सय २५ रनमै अलआउट भयाे । यूएईका अर्यंश शर्माले ३७ र जाेनाथल फिगीले २९ रन बनाए । बलिङतर्फ पाकिस्तानका कसिम अकरमले ६ र सुफियान मुकीमले ३ विकेट लिए ।
यसअघि काेलम्बाेमा टस हारेर ब्याटिङ गरेकाे पाकिस्तान ४९ ओभर २ बलमा ३ सय ९ रनमा अलआउट भयाे । पाकिस्तानका ४ जना खेलाडीले अर्धशतक बनाए । शहिबजादा फरहान र कमरन गुलामले समान ६३ रन बनाउँदा सइम अयुबले ५६ र माेहम्मद हरिसले ५५ रन बनाए । बलिङतर्फ यूएईका जश गियाननीले ३ र मतिउल्लाह खानले २ विकेट लिए ।