प्रधानमन्त्री प्रचण्डबारे सामाजिक सञ्जालमा घृणा फैलाएकाे आराेपमा एक जना पक्राउ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबारे सामाजिक सञ्जालमा घृणा फैलाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र उहाँकी पत्नी स्व. सीता दाहालकाे तस्बिर प्रयोग गरेर फेसबुकमा गलत व्याख्या गर्ने रुपन्देहीकाे देवदह नगरपालिका–८ का टाइगर रानामगर भनिने शेरबहादुर राना मगर बुटवलमा पक्राउ परेका हुन् । उनलाई काठमाण्डौमा ‘साइबर क्राइम’ सम्बन्धी मुद्दा चलाइने केन्द्रीय साइबर ब्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?