एसीसी इमर्जिङ टिम्स एसिया कपमा श्रीलङ्का ‘ए’ ले ओमान ‘ए’ लाई २ सय १७ रनकाे फराकिलाे अन्तरले हराएकाे छ ।
श्रीलङ्काले दिएकाे २ सय ६० रनकाे लक्ष्य पछ्याएकाे ओमान १७ ओभर १ बलमा ४२ रनमै अलआउट भयाे । ओमानका कश्यप प्रजापतिले १८ र सुरज कुमारले १० रन बनाए पनि अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन जाेड्न सकेनन् । बलिङतर्फ चमिका करुनारत्नेले ३ तथा दुनिथ वेलालेगे, प्रमाेद मदुशन र लाहिरु समाराकूनले २/२ विकेट लिए ।
यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेकाे श्रीलङ्काले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५९ रन बनाए । श्रीलङ्काका पसिन्दु सूरियबन्दराले सर्वाधिक ६० रन बनाए । यस्तै शहन अर्चचिगेले ४८ र लसिथ क्रूरपुलेले ४२ रन बनाए । बलिङतर्फ अकिब इलियासले ४ विकेट लिए ।
याे जितसँगै श्रीलङ्का ३ खेलमा ४ अङ्कसहित समूह ‘ए’ काे शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेकाे छ । ३ खेलमा १ अङ्क पनि जाेड्न नसकेकाे ओमान यसअघि नै प्रतियाेगिताबाट बाहिरिइसकेकाे थियाे ।
यस्तै आजै भएकाे अर्काे खेलमा बङ्गलादेश ‘ए’ ले अफगानिस्तान ‘ए’ लाई २१ रनले हराएकाे छ ।
बङ्गलादेशले दिएकाे ३ सय ९ रनकाे लक्ष्य पछ्याएकाे अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८७ रनमात्र बनाउन सक्याे । अफगानिस्तानका लागि रियाज हसनले ७८ र बहिर शाहले नटआउट ५३ रन बनाए । बलिङतर्फ बङ्गलादेशका तन्जिम हसन सकिबले ३ तथा रकिबुल हसन र साैम्य सरकारले २/२ विकेट लिए ।
यसअघि काेलम्बाेमा टस जितेर ब्याटिङ गरेकाे बङ्गलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ८ रन बनायाे । बङ्गलादेशका महमुदुल हसन जाेएले शतक बनाए । उनी १ सय १४ बलमा सय रन बनाएर आउट भए । यस्तै जाकिर हसनले ६२ रन बनाए । बलिङतर्फ अफगानिस्तानका सलीम सफीले ४ विकेट लिए ।
याे जितसँगै बङ्गलादेश ३ खेलमा ४ अङ्कसहित समूह ‘ए’ काे दाेस्राे स्थानमा रहँदै सेमिफाइनलमा पुगेकाे छ । अफगानिस्तान ३ खेलमा ४ अङ्क नै भए पनि नेट रनरेटमा पछि पर्दै प्रतियाेगिताबाट बाहिरिएकाे छ ।
यस्तै समूह ‘बी’ बाट भारत र पाकिस्तानकाे ‘ए’ टाेली सेमिफाइनलमा पुगेका छन् ।