जङ्गली च्याउ खाँदा रोल्पामा छ वर्षकी बालिका रोशनी विकको ज्यान गएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका–५ बुझिङकी रोशनीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा आज मङ्गलवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
गएको असार २६ गते जङ्गलबाट ल्याएको विषालु च्याउ खाएर रोशनीसहित अरू पाँच जना बिरामी परेका थिए । बाँकी बिरामीको अहिले उपचार भइरहेको छ ।
यस्तै विषालु च्याउ खाँदा दाङको देउखुरीमा गढवा गाउँपालिका–५ धर्मापुरका ७२ वर्षीय वसन्तु चौधरी र उहाँकी श्रीमती छुकनी चौधरी बिरामी हुनुभएको छ । बिहान जङ्गलबाट ल्याएको च्याउको तरकारी खाएका दम्पती बिरामी भएका गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्यनारायण यादवले जानकारी दिनुभयो ।