एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा यूएई ‘ए’ ले नेपाललाई १ सय ५८ रनकाे सामान्य लक्ष्य दिएकाे छ ।
काेलम्बाेमा टस जितेर ब्याटिङ गरेकाे यूएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदा अलआउट भयाे । यूएईका लवप्रीत सिंहले सर्वाधिक ५२ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले ६ विकेट लिए । कुशलले १० ओभरमा ४० रन दिएर ६ विकेट लिए । यस्तै माैसम ढकालले २ तथा पवन सर्राफ र कुशल मल्ले १/१ विकेट लिए ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।