चट्याङ लागेर राेल्पामा वडा सदस्यकाे ज्यान गयाे

चट्याङ लागेर राेल्पामा वडा सदस्यकाे ज्यान गएकाे छ । गए राति चट्याङ लागेर सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडा सदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उहाँ आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङ लागेकाे प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिनुभयो ।

चट्याङमा परि अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएकाले त्यस ठाउँतर्फ प्रहरी जाँदै गरेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?