प्रहरीकाे स्कर्टिङमा फोहर बोकेका गाडी बञ्चरेडाँडा पुगे

काठमाण्डौ उपत्यकाबाट फोहर बोकेर गएका गाडी प्रहरीको स्कर्टिङमा बञ्चरेडाँडा पुगेका छन् ।

गएको सोमवारदेखि स्थानीयले अवरोध गरे पनि रोकिएको फोहर विसर्जन कार्य प्रहरी परिचालन गरी शुरु गरिएको हो । आज शुक्रवार फोहोर बोकेर गएका झन्ड एक सय २० वटा गाडी बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका फोहरमैला व्यवस्थापन सङ्घका महासचिव मित्र घिमिरेले बताउनुभयो ।

बञ्चरेडाँडा र सिसडोलका स्थानीयले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहर बोकेर ल्यान्डफिल साइट गएका गाडीलाई बाटोमै रोकेका थिए । दैनिक तीन सय ८० वटा गाडी बञ्चरेडाँडा जाने गरे पनि अवरोध हुँदा काठमाण्डाैमा फोहर थुप्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?