सिँचाइ गर्न बनाइएकाे पोखरीमा डुबेर दैलेखमा २ जना बालिकाको ज्यान गयो

दैलेखमा सिँचाइ गर्न बनाइएको पोखरीमा डुबेर दुई जना बालिकाको ज्यान गएको छ ।

चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नम्बर ३ मा पर्ने पानीखोलामा बनाएको पोखरीमा डुबेर दुई जना बालिकाकाे ज्यान गएको हो । ज्यान गुमाउनेहरूमा स्थानीय बमबहादुर खप्तडीकी छोरी पाँच वर्षकी सपना र लीला खप्तडीकी आठ वर्षकी विपना रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कृष्ण डांगीले जानकारी दिनुभयो ।

हिजो बिहीवार बेलुका पोखरीमा खेल्न गएका उनीहरू डुबेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?