भारतले भोलि बिहान फेरि धौलीगङ्गाको बाँध खोल्दै

भारतले उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका फेरि खाेल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना निकालेर भाेलि शनिवार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म धाैलीगङ्गाकाे बाँधका ढोका खुल्ने जनाएको हो । भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासलाई जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले बाँधका ढोका खोलिने हुँदा महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै नदी किनारका बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ ।

भारतले यसअघि गएकाे आसार २६ गते बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधका ढोका खोलेको थियो । भारतले बर्खाकाे समयमा बेलाबेला बाँधका ढोका खोल्दै आएको छ । असार २६ गते खोलिएको बाँधले दार्चुलाको पारिपट्टि भारतीय क्षेत्र धार्चुलामा एक घर बाढीले बगाएको थियो । यस्तै २०७० सालमा भारतले नेपालतिर कुनै जानकारी नदिई बाँधका ढोका खोल्दा नेपालतिर ठूलाे क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?