काठमाण्डाै महानगरपालिकाले सडकमा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ । नुवाकोटकाे सिसडाेल र धादिङकाे धुनीबेसीका बासिन्दाले केही दिनअघिदेखि दुर्गन्ध फैलिएको भन्दै फोहर फाल्न अवरोध गरेपछि काठमाण्डाै उपत्यकाका ठाउँठाउँमा फाेहर थुप्रिएकाे थियाे ।
महानगरपालिकाले प्रहरी सुरक्षामा बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा हिजाे शुक्रवारदेखि फोहर पुर्याउन थालेको हो । महानगरका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले हिजाेदेखि फोहर बोकेका महानगरका गाडी ल्यान्डफिल्डसाइट पुग्न थालेकाले काठमाण्डाै उपत्यकाको सडकमा थुप्रिएका फोहर एक/दुई दिनभित्रै उठाइसक्ने बताउनु भयाे ।
बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फालिएको फोहर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका थिए ।
केही दिनअघि फोहर विसर्जन गर्न स्थानीयले अवरोध गरे पनि हिजोदेखि फोहर व्यवस्थापनको काम भइरहेको श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार महानगरले बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहर पुर्याउन थालेको छ । फोहर बोकेका गाडीलाई ल्याण्डफिल्ड साइटसम्म पुर्याउन प्रहरीले सहयोग गरिरहेकाले पनि व्यवस्थापनमा सहज भएको प्रमुख श्रेष्ठले बताउनुभयो।