दाङको शान्तिनगर गाउँपालिका-७ मा सर्पकाे डसाइबाट एक बालककाे ज्यान गएको छ ।
सर्पको डसाइबाट सोमवार आज बिहान सल्यान बागचौर नगरपालिका–४ फेदीखोला घर भइ मामाघर आएका १६ वर्षीय मनोज वलीको ज्यान गएको हो । उनलाई घरमा सुतिरहेको अवस्थामा गएराति सर्पले डसेको हाे।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइए पनि उपचार सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएकाेमा उनकाे उपचारका क्रममा ज्यान गएकाे हाे।