नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) काे जहाजमा एउटा ल्यापटप भेटिएकाे छ ।
गएकाे असार २२ गते दुबईबाट काठमाण्डाै आएकाे उडान नम्बर आरए २३० जहाजकाे सिटमा ल्यापटप भेटिएकाे एअरलाइन्सले जनाएकाे छ । सम्बन्धित यात्रुलाई आफ्नो सामान चाँडोभन्दा चाँडो दाबी गर्नका लागि परिचयपत्र र प्रमाणसहित एअरलाइन्सको ब्यागेज ह्यान्डलिङ युनिटमा सम्पर्क गर्न भनिएकाे छ ।