प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र सङ्घका महासचिवबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेट भएको छ ।

संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा चलिरहेकाे ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेर्रेससँग भेट गर्नुभएको हो ।

भेटमा पर्यावरण, खाद्य सुरक्षा, नेपाल र राष्ट्र सङ्घबीचको सम्बोधनलाई अझ बलियाे बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?