नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका क्षेत्रमा भारी वर्षा, बाढीकाे जाेखिम

पछिल्लो तीन घण्टामा नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका क्षेत्रमा बाढीको जोखिम बढ्नेगरी पानी परेको छ । रातिदेखि परेको पानीले ती क्षेत्रमा रहेका साना नदीसँगै तिनाउ, तिनाउ नदीका सहायक नदी र पश्चिम राप्तीका सहायक नदीहरुमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको हाे ।

नदीमा बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

यस्तै, अहिले आंशिकदेखि सामान्य बदली रहेर बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको छ । आज दिउँसो देशभर बदली भएर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा बाँकी भू–भागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, मधेस, लुम्बिनी, गण्डकी  र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा लामो समय झरी पर्ने सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?