अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय महिला क्रिकेट टाेमकी कप्तान हरमनप्रीत काैरलाई आचारसंहिता उल्लङ्घन गरेकाे विषयमा २ वटा अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाएकाे छ ।
बङ्गलादेशसँगकाे तेस्राे तथा अन्तिम एकदिवसीय खेलमा भारतीय कप्तान काैरले आचारसंहिता उल्लङ्घन गरेकी थिइन् । उनले तेस्राे एकदिवसीय खेलमा आउट भएपछि अम्पायरकाे निर्णयमा आपत्ति जनाउँदै विकेटमा ब्याटले हानेकी थिइन् । साथै उनले अम्पायरकाे आलाेचनासमेत गरेकी थिइन् ।
अम्पायरको निर्णयमा असहमति देखाएकोमा आईसीसीले हरमनप्रीत काैरलाई ‘म्याच फी’ काे ५० प्रतिशत जरिबाना गर्दै ३ डिमेरिट अङ्क दिएकाे थियाे ।