यसपालि छोटो अवधिमा धेरै वर्षा : विपद्का घटना अझै बढ्ने जोखिम

यसपालिको बर्षामा लगातार छोटो अवधिमा धेरै पानी परेको मौसमविद्ले बताएका छन्।

यसपालि अहिलेसम्म लगातारको झरी वा लामो समयसम्म पानी नपरी छोटो समयमा आरीघोप्टे वर्षा भइरहेको छ ।

ठाउँ ठाउँमा यसरी भइरहेको वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाको पूर्वानुमान गर्न समेत कठिन हुने गरेको छ ।

मौसमविद् शान्ति कडेलका अनुसार एकै पटक ह्वार्रर ठूलो पानी पर्दा बाढी, पहिरो र डुवानको जोखिम धेरै हुन्छ ।

मनसुनको शुरुवातमा पूर्वी पहाडी क्षेत्रमा छोटो अवधिमा धेरै ठूलो वर्षा भएको थियो । त्यसपछि पनि ठाउँ ठाउँमा छोटो अवधिमा धेरै वर्षा भइरहेको मौसमविद् कडेलले बताउनुभयो ।

अझै पनि आरिघोप्टे वर्षाको सम्भावना रहेकाले विपद्का घटना बढ्न सक्ने उहाँले बताउनुभयो ।

आज कोशी, कर्णाली र सुदूरपश्चिमका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान रहेको मौसमविद् शान्ति कडेलले जानकारी दिनुभयो ।

तर, लगातार झरी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?