(बिनोद बिष्ट बुटवल )हिन्दुहरुको महान चाड जनैपूर्णिमा अर्थात रक्षाबन्धन अवसरमा लियो क्लव अफ बुटवल गोल्डेन जुब्बलीले डिउटीमा खटिनु भएका राष्ट्र सेवक प्रहरीहरुलाई रक्षाबन्दन अर्थात डाेराे बानेर जनैपूर्णिमा पर्व मनाएको छ।
कार्यक्रमको नारायण पोख्रेलको अध्यक्षतामा क्लबका सदस्य स्नेह पान्डे , बर्षा भट्टराई ,अशोक श्रेष्ठ , आकाश गौतमले सो अवसरमा उपस्तिथि सबैलाई फलफुल तथा जुस वितरणमा सहयोग गर्नुभएको थियो। कार्यक्रमको सन्चालन गोकुल भण्डारीले गर्नु भाको थियो।