भगवती रथ यात्रा-टोलमा रथको रुट पर्दैन, मन्दिरमा छिर्न बल पुग्दैन

२०३ वर्ष लामो गौरवपुर्ण इतिहास एवम महत्व बोकेको श्री ७ रणउजिरेश्वरी भगवती रथलाई केही बस्ती र टोल छलेर परिक्रमा गराउने गरिएको छ । यसलाई सच्याउने र सबैको पहुँचमा पु¥याउने विषयमा भगवती गुठी ब्यवस्थापन समिती चुकेको छ । उसले पुजामा सहभागी हुने प्रबन्ध समेत राम्रोसंग गर्न सकेको छैन । रथलाई केहि स्थानमा सजिलो बाटो नरोजेर अप्ठेरो बाटोबाट समेत परिक्रमा गराउने गरिएको छ । तानसेन ६ लहरेपिपलका अनिल खातीले मन्दिरमा एउटा समुदायले वर्चश्व कायम गरेकाले आँफु र आफ्ना भएका तर्पm रथ लैजाने गरेको बताए । ‘यहाँ उनिहरुलाई केही छ जस्तो लागेन होला, जहाँ रथ लगिन्छ त्यो विशेष ठाउँ होला’ खातीले भने, ‘कम्तिमा उहाँहरुले कुनै दिन केही देख्नु भएछ भने रथ आउला ।’ उनले मन्दिरमा छिर्न, पुजा गर्न र दर्शन गर्न समेत मुस्किल हुने बताए ।

स्थानीय झपेन्द्र प्रसाद नेपालको घर तोकेरनै रथ लैजाने रुट बनाउदै आइएको छ । बसन्तपुर स्थित चोकबाट रथ मात्रै नेपालको घरसम्म लाने गरिएको छ । जबकी नारायस्थानचोकबाट मियाल्धारा तर्फ, आन्दोलनचोकबाट लहरेपिपल तर्फ, मिलेनियम क्याम्पसलाईनबाट बिशालबजारतर्फ १ मिटर पर पनि रथ लगिदैन । स्थानीयले निश्चित समुदायको समिती र सोँचले रथको पुजाआजा र प्रसाद वितरणमा समेत विभेद गर्ने गरिएको बताउने गरेका छन ।

बुद्घिजिवी निर्मल श्रेश्ठले भगवती मन्दिर र रथ यात्रालाई क्यापिटलाईज गर्न नसकेको बताउदै रुट हेरफेर गर्नुपर्ने बताउँछन । ‘यसको महत्व बुझाउन प¥यो, भक्तजन घटे मात्रै भनेर भएन, खै त आम मानिसहरुलाई यसको महत्वको बारेमा बुझाउन सकेको ?’ श्रेश्ठले भने, ‘अपनत्व भएन भने मानिसहरुको उपस्थिती स्वभावैले घटछ ।’

श्री ७ रण उजिरेश्वरी भगवती गुठी ब्यवस्थापन समितीका अध्यक्ष अशोक कुमार महर्जनले रुट परिवर्तन तथा थप गर्ने विषयमा छलफल भएपनी निर्णय गर्न नसकिएको बताए । ‘मैले प्रयास गरेको हुँ तर हुन सकिन’, अध्यक्ष महर्जनले भने, ‘लामो समयदेखी कायम भएको रुट परिवर्तन हुँदा विवाद हुने देखियो । नामनै तोकेर लैजानु भन्दा समुदायमा लैजानु उक्तम हुने उनको भनाई छ । निर्णय गर्ने अधिकार समितीमा भएपनी गर्न नसकिएको अध्यक्ष महर्जनले स्विकार गरे ।

नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिंह थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन शुरु गरेको जात्रा हरेक वर्ष मनाइँदै आइएको छ । यो वर्ष श्री रणउजिरेश्वरी भगवती माईको रथ यात्रा भदौ २१ गते मनाईदैछ । यसपटक समितीले बुटवलबाट आउनेहरुका लागि बसको टिकटमा ५० प्रतिशत छुटको ब्यवस्था गरेको छ । भगवती मन्दिर र रथयात्राको महिमाको विषयमा वर्षमा १ पटक मात्रै सक्रिय हुने समिती, स्थानीय सरकारको कमजोर दृष्टी, निश्चित समुदायमा मात्रै सिमित हुनुपर्छ भन्ने सााघुरो सोँचले भगवती मन्दिरको ब्यापकतालाई घटाएको छ ।

-नारायण न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?