गोरखामा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

गोरखामा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका सिरानचोक गाउँपालिका–४ का २७ वर्षीय रामलाल कुमालको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको हो ।

भच्चेकबाट गोरखा बजार आउँदै गरेको ग १ ख ९७३६ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ७ प १५१० नम्बरको मोटरसाइकल सिरानचोक गाउँपालिका–४ को अमराईमा शनिवार बिहान साढे १० बजेतिर आपसमा ठोक्किएका थिए ।

गम्भीर घाइते कुमाललाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले बताउनुभयो । दुर्घटनापछि चालक तथा बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?