पाल्पा जिल्लाभर पालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरुको भेला शनिवार तानसेनमा सम्पन्न भएको छ । स्थानीय तहमा कार्यरत कर्मचारीहरुले आफ्नो हक अधिकारका लागि संगठित भई आवाज बुलन्द गर्न सजिलो होस भन्ने उद्धेश्यले अभियान थालेको निस्दी गाउँपालिकाका लेखा अधिकृत सरोज काफ्लेले बताए ।
कर्मचारीहरु एकिकृत हुने, राज्याबाट कर्मचारी माथि भएको विभेद अन्त्य गर्नका लागि पहल गर्ने हेतुले मञ्च गठन गरिएको तानसेन नगरपालिकामा कार्यरत ईन्जिनियर शिव शर्माले बताए ।
भेलाले स्थानीय तह कर्मचारी मञ्च पाल्पा गठन गरेको छ । मञ्चको संयोजकमा तानसेन नगरपालिकामा कार्यरत शिव शर्मा, सहसंयोजकमा निस्दी गाउँपालिकामा कार्यरत सरोज काफ्ले, सचिवमा रामपुर नगरपालिकामा कार्यरत विकल काफ्ले, सहसचिवमा रिब्दिकोट गाउँपालिकामा कार्यरत काशिनाथ आचार्य र कोषाध्यक्षमा बगनासकाली गाउँपालिकामा कार्यरत शर्मिला न्यौपाने छन । त्यस्तै सदस्यहरुमा किशोर खनाल, कमल श्रीष, विशाल ओली, नारायण तिमिल्सेना, प्रमोद भट्टराई, तिलक जिसी, धनीकला थापा, शर्मिला चौधरी, विक्रम बस्नेत र विमला आचार्य छन ।
भेलाले विनोद नेपाल संयोजक रहेको सल्लाहकार समिती समेत गठन गरेको छ । जसको सदस्यमा अर्जुन खनाल, सुजन घिमिरे, शिव आत्रेय, कोपिला न्यौपाने, र हरि प्रसाद पराजुली रहेका छन ।
भेलाले पालिका स्तरमा समेत समिती गठन गर्ने निर्णय गरेको छ । स्थानीय तहमा कार्यरत कर्मचारीका समस्या तथा मागहरुका विषयमा जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाउने समेत भेलाले निर्णय गरेको छ ।
-नारायण न्यौपाने