आईएमई पे ले “अहिले नखेले कहिले” नामकाे खेल सार्वजनिक गरेकाे छ ।
आईएमईले अल्टिमा लाइफस्टाइलसँगकाे सहकार्यमा माघदेखि रु. १ को खेल सार्वजनिक गरेको हाे ।
आईएमई पे एपका प्रयोगकर्ताहरूले एक रुपैयाँमा आफूलाई मन पर्ने अल्टिमाका सामान छानेर याे खेल खेल्न सक्नेछन् । खेलको उपहार स्वरुप १० वटा अल्टिमाको सामानहरु राखिएकाे आईएमई पेले जनाएकाे छ ।अल्टिमाले नेपाली बजारमा ल्याएको अल्टिमा बुम १६१ क्यु मा पनि आईएमई पेमार्फत खरिदमा छुट दिने भएकाे छ ।
प्रयोगकर्ताहरूले दराज एपबाट गएकाे बिहीवारदेखि माघ ८ गतेसम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आईएमई पेबाट भुक्तानीमा १५ प्रतिशत अर्थात् १ सय ५० रुपैयाँसम्म अतिरिक्त छुट पाउने भएका छन् ।