वन्यजन्तुबाट बाली जोगाउन तारजाली

गैंडाकोटमा वन्यजन्तुबाट अन्नबाली जोगाउन तारजाली लगाइएको छ । गैंडाकोट नगरपालिका वडा नम्ब- ६ को नारायणी नदी किनारमा किसालले बाली जोगाउन तारजाली लगाएका हुन् ।

वडा नम्बर-६ का वडाध्यक्ष सुभाष चापागाईंका अनुसार वडा नम्बर ७ र ६ सिमानादेखि बोटेटोलसम्मको करिब ८ सय ५० मिटर क्षेत्रमा तारजाली लगाइएको हो ।

नगरपालिकाको १० लाख लागतामा त्यहाँ जाली लगाइएको हो । बाली खान गैंडा र मृग आउने भएकाले नियन्त्रणका लागि जाली लगाइएको वडाध्यक्ष चापागाईंले जानकारी दिए । नारायणी नदीपारिबाट वन्यजन्तु आउने गरेको स्थानीयको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?