बर्दियाबाट काठमाण्डौका लागि छुटेको बस दाङमा दुर्घटना, दुुईजनाको ज्यान गयो

दाङको देउखुरीमा गएराति बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा बर्दियाको गेरुवा गाउँपालिका–१ का ३६ वर्षीय भीमनाथ योगी र मधुवन नगरपालिकाका–२ अमरपुरका ३२ वर्षीय युवराज चौधरी रहेका छन् ।

बर्दियाबाट काठमाण्डौका लागि छुटेको प्रदेश ३–०१००५ ख ९७१९ नम्बरको बस दाङको लमही नगरपालिकाको रिहार नजिकै दुर्घटना भएको हो । बसमा रहेका अरु यात्रुको अवस्थामा सामान्य रहेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?