अचेलका युवा १२ पास गर्नबित्तिकै अमेरिका, क्यानडा, जापान, अस्ट्रेलियाका साथै युरोपियन मुलुकतर्फ लागेको देख्दा अचम्म छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने युवाको मेला हुन्छ । विदेश बसेका युवा पाहुना बनेर आफ्नो देश घुम्न आउँछन् । कतिपयको घरमा बूढाबूढी बाआमा मात्रै हुन्छन् । अस्पतालमा गएर औषधि ल्याइदिने मान्छेसमेत हुँदैन ।
अहिले देशमा आउने रेमिट्यान्सभन्दा बढी पैसा नेपालीले विदेश लगेको देखिन्छ । दुबई, कतार, मलेसिया, कोरियाजस्ता देशमा रोजगारीका लागि जाने युवा केही समयपछि फर्कने सम्भावना छ तर उच्च शिक्षाका लागि जाने युवा फर्केने सम्भावना न्यून छ । यही अवस्था कायम रहने हो भने केही समयमा समाज युवाविहीन बन्नेछ । यो अवस्था के कारणले आयो ? सरकार र राजनीतिक दलहरू गम्भीर बन्नुपर्दैन ? राजनीतिक नेतृत्वलाई खबरदारी गर्नुपर्ने नागरिक समाज र मिडिया पनि थाहा नै नपाए जसरी बसेका छन् । देशप्रति जिम्मेवारी कसैको छैन ?