कांग्रेस नेता द्रौपदा शर्मा पोखरेलको १०२ वर्षमा निधन

कांग्रेस नेता द्रौपदा शर्मा पोखरेलको मंगलबार बिहान निधन भएको छ ।  १०२ वर्षीया पोखरेलको मंगलबार बिहान ४ बजे सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो ।

 

स्वर्गीय गोवर्द्धन शर्मा पोखरेलकी धर्मपत्नी तथा संविधानसभा सदस्य रामचन्द्र, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र, योजना आयोगको पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र र सुवास पोख्रेल तथा छोरीहरू प्रियंवदा र सत्यवतीका आमा द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि योगदान रहेको थियो ।

उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बनेकी थिइन् । स्वर्गीय गोवर्द्धन शर्मा पोखरेलको पञ्चायतले सर्वस्व हरण गरेपछि उनलाई विसं २०१८ सालको जनक्रान्तिमा गिरफ्तार भई पैदल हिँडाई पोखरा हिरासतमा लगिएको थियो ।

बाबु गोवर्द्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहिन् । उनी नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्यसमेत भएकी थिइन् । उनी गोवर्द्धन शर्मा स्मृति ट्रस्टको अध्यक्ष र संरक्षकसमेत थिइन् । उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्र पोख्रेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?