युएईमा बसन्त थापा र अञ्जली अधिकारीले दर्शक झुमाउने

यही आइतवार युएईमा नेपाली चर्चित कलाकारहरूको साङ्गीतिक प्रस्तुति हुने भएको छ ।

नवलपरासी सेवा समाज युएईको प्रस्तुतिमा जनवरी २८ मा हुन लागेको ‘सांस्कृतिक कार्यक्रम २०२४’मा चर्चित कलाकारहरूको प्रस्तुति हुने भएको हो । ‘याक एण्ड यति एभरेष्ट क्लब रेस्टेड बार’मा दिनको १ बजेबाट कार्यक्रम सुरु हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा गायक एवं संगीतकार बसन्त थापा युएईबासी नेपाली दर्शकको मुख्य आकर्षणका रुपमा रहनेछन् । उनले आफ्ना चर्चित मोहनी गीतमार्फत उपस्थितलाई झुमाउनेछन् । त्यस्तै, मोडल अञ्जली अधिकारीले चर्चित गीतमा नृत्य प्रस्तुत गर्दै माहोल तताउनेछिन् ।

आयोजक संस्थाका उपाध्यक्ष एवं कार्यक्रम सह–संयोजक अतित भुसालले गरिब, असहाय, अशक्तहरूको सहयोगार्थ कार्यक्रम हुन लागेको बताए । उनका अनुसार नेपालबाट गायक एवं संगीतकार थापा र मोडल अधिकारीसहित गायिका शर्मीला अर्यालसमेत कार्यक्रमका लागि युएई पुग्दैछिन् ।

रोजगारीको सिलसिलामा युएईमा कार्यरत कलाकारहरूको समेत कार्यक्रममा विशेष प्रस्तुति रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?