युएईमा हुने साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा

गरिव तथा असाहयको सहयोगार्थ नवलपरासी सेवा समाज युएईले आयोजनामा गरेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । समाजले झण्डै ३ महिना अघिबाट कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो । यहि जनवरी २८ तारिकका दिन बर दुवैमा हुने कार्यक्रममा नेपालबाट गायक तथा संगीतकार बसन्त थापा, मोडल अन्जली अधिकारी र लोक दोहारी गायिका शर्मिला अर्याल शनिवार दिउसो युएई आउने सांस्कृतिक संयोजक तथा नेपाल लोक तथा दोहोरी गित प्रतिस्ठान युएईका अध्यक्ष नरेन सापकोटाले जानकारी दिए । अध्यक्ष सापकोटाका अनुसार स्वयं र युएईमा रहेका कलाकारहरु हरि डुम्रे, अर्जुन न्यौपाने, कमल कार्की, गोपाल भट्टराई, डान्सर बिन्दु पाण्डे सहित ¥यापर शिसिर सापकोटाको प्रस्तुती रहनेछ ।


सन २०१६ मा स्थापना भएको नवलपरासी सेवा समाज युएईले पहिलो पटक बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । ‘यस अघि हामिले आफ्नो तरिकाले सहयोग हस्तान्तरणका कार्यक्रम गर्दै आएका थियौँ’ समाजका महासचिव अशोक डुम्रेले भने, ‘साँस्कृतिक कार्यक्रम मार्फत रकम संकलन गर्ने र सहयोग गर्ने उद्धेश्यलेनै कार्यक्रमको आयोजना गरिएको हो ।’
समाजका सह प्रवक्ता हरि पाण्डेले कार्यक्रम आयोजना गर्नका लागि युएई स्थित नेपाली ब्यावसायीहरु, केही स्थानीय तथा विभिन्न समाज तथा समुदायले सहयोग गरेका छन । सह प्रवक्ता पाण्डेका अनुसार कार्यक्रममा झण्डै ५०० जनाको उपस्थिती रहने छ ।
कार्यक्रममा प्रवेश गर्नका लागि प्रति ब्याक्ति ४० दिराम लाग्ने जनाईएको छ । कार्यक्रम बर दुवै स्थित याक एण्ड यती एभरेष्ट क्लवमा हुनेछ ।
नारायण न्यौपाने । युएई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?