श्रीमतीलाई खुकुरी प्रहार गरेर फरार भएका पाँचथरको फालेलुङ गाउँपालिका-२ जोरपाटीका ४० वर्षीय मानबहादुर गुरागाँई मृत फेला परेका छन् । उनले शनिबार साँझ श्रीमतीलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएर घरबाट हिडेका थिए ।
रातभर घर नआएका उनी आइतबार विहान घर नजिकै खन्युको रुपमा झुण्डिएको अवस्थामा फेला परेका पाँचथर प्रहरीले जनाएको छ ।
मानबहादुरले श्रीमती बिमलालाई शनिबार ५ बजे तिर खुकुरी प्रहार गरेका थिए । प्रहरीका अनुसार बिमलाको दाहिने हातका तीनवटा औंला चुडिएका छन् भने अनुहारमा पनि चोट लागेको छ । उनलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको छ ।
गुरागाई भने आइतबार विहान झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहाले जानकारी दिए । गुरागाईले झुण्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले उनको शव पोष्टमार्टमका लागि पाँचथर अस्पताल पुर्याएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।