पहिलाे इनिङ्समा १ सय ९० रनले पछि परेकाे इङ्ग्ल्यान्डले भारतलाई २८ रनले हरायाे

इङ्ग्ल्यान्डले पहिलाे टेस्ट क्रिकेटमा भारतलाई हराएकाे छ । पहिलाे इनिङ्समा १ सय ९० रनले पछि परेकाे इङ्ग्ल्यान्डले भारतलाई २८ रनले हरायाे । याेसँगै इङ्ग्ल्यान्डले ५ खेलकाे शृङ्खलामा १–० काे अग्रता लिएकाे छ । पहिलाे इनिङ्समा सय रनभन्दा धेरैकाे अग्रता लिएर भारतले हारेकाे याे पहिलाे पटक हाे ।

इङ्ल्यान्डले दिएकाे २ सय ३१ रनकाे लक्ष्य पछ्याएकाे भारत चाैथाे दिनकाे चिया समयपछि २ सय २ रन बनाउँदा अल आउट भयाे । भारतका कप्तान राेहित शर्माले सबैभन्दा धेरै ३९ रन बनाए । इङ्ग्ल्यान्डका टम हार्ट्लीले ७ विकेट लिए ।

इङ्ग्ल्यान्डले दाेस्राे इनिङ्समा ४ सय २० रन बनाएकाे थियाे । इङ्ग्ल्यान्डका अली पाेपले १ सय ९६ रन बनाए । यस्तै बेन डकेट ४७ रन बनाएर आउट भए । भारतका जसप्रीत बुमराहले ४ र रविचन्द्रन अश्विनले ३ विकेट लिए ।

यसअघि हैदराबादमा टस जितेर ब्याटिङ गरेकाे इङ्ग्ल्यान्डले पहिलाे इनिङ्समा २ सय ४६ रन बनाएकाे इङ्ग्ल्यान्डका कप्तान बेन स्टाेक्सले ७० रन बनाए । भारतका रविचन्द्रन अश्विन र रविन्द्र जडेजाले समान ३ विकेट लिए ।

भारतले पहिलाे इनिङ्समा ४ सय ३६ रन बनाएकाे थियाे । भारतका ३ जना खेलाडीले अर्धशतक बनाए । भारतका रविन्द्र जडेजाले ८७, केएल राहुलले ८६ र यशस्वी जयसवालले ८० रन बनाए । इङ्ग्ल्यान्डका जाेए रुटले ४ विकेट लिए ।

भारत र इङ्ग्ल्यान्डबीचकाे दाेस्राे टेस्ट फेब्रुअरी २ देखि विसाखापटनममा शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?