अरबीसँग सामिप्यता कायम गर्दै सकियो नवलपरासी सेवा समाज युएईको कार्यक्रम

युएईमा नेपालीहरुले धेरै कार्यक्रमहरु आयोजना गर्दछन । त्यसमध्ये साँस्कृतिक र सहयोग हस्तान्तरण कार्यक्रम महत्वपुर्ण मानिन्छन । प्रत्येक आइतवार कुनै न कुनै कार्यक्रम नेपालीहरुले आयोजना गर्ने गरेको नेपाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्यालको मन्तब्यबाट थाहा हुन्थ्यो । युएईमा झण्डै ९० वटा संस्थाहरु रहेका कारण कार्यक्रमहरु भैरहनु भने नौलो होईन । तर नवलपरासी सेवा समाजको कार्यक्रममा भने एउटा नौलो दृश्य र सन्देश थियो । त्यो हो समाजको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बैङकर हशान अमिन अब्दुलहक अल अमिनको उपस्थिति । नेपालीहरुको कार्यक्रममा नगन्य उपस्थिति जनाउने अरबीले नवलरासीको कार्यक्रममा पुगेनन मात्रै सम्बोधन समेत गरे । अमिनले भने, ‘नेपालीहरु मलाई धेरै सुन्दर लाग्यो, म सधै सहयोग गर्न तयार छु, इन्जोय गर्नुहोस ।’ कार्यक्रममा स्थानीय ब्यवसायी इशा मोहम्मद जभाहेरिको समेत सहभागिता रहेको थियो ।


नवलपरासी सेवा समाजका अध्यक्ष भुपराज डुम्रेले अरबी तथा स्थानीयको उपस्थिती आफ्नो संस्थाका लागि ऐतिहाँसिक क्षण भएको बताए । ‘यहाँका स्थानियहरुले नेपालीहरुले गर्ने कार्यक्रममा रेयरल्ली उपस्थिती जनाउँछन’ अध्यक्ष डुम्रेले भने, ‘हामि नेपालीहरु युएईमा ४ लाख जति छौँ, तर अरबीहरुसंग औपचारिक कार्यक्रममा भेट्ने मौका नै पाएका हुँदैनौ उनिहरुको उपस्थिती नेपालीहरु संगको सामिप्यता कायम गर्न महत्वपुर्ण अवसर हो ।’
अध्यक्ष डुम्रेले कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्ने प्रति आभार ब्यक्त गरेका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै, नेपाली समाज युएका अध्यक्ष बेद प्रसाद अर्याल, अरबी, पत्रकार, दर्शक, कलाकार बसन्त थापा, अञ्जली अधिकारी, शर्मिला अर्याल लगायत स्थानीय कलाकारहरु प्रती आभार ब्यक्त गरेका छन ।


कार्यक्रमले अनपेक्षित सफलता प्राप्त गरेको भन्दै अध्यक्ष डुम्रेले आगामी दिनमा थप मायाँको अपेक्षा गरेको बताएका छन ।
कार्यक्रममा बरिस्ठ उपाध्यक्ष सीता बरालले उपस्थितलाई स्वागत गरिन भने युएई स्थित सम्पुर्ण संस्थाहरुको तर्फबाट नवलपुर सेवा समाजका अध्यक्ष गोपाल पराजुलली कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरे । औपचारिक कार्यक्रम समाजका महासचिव अशोक डुम्रे र सांस्कृतिक कार्यक्रम हरि डुम्रेले संचालन गरेका थिए । कार्यक्रमको संयोजन सल्लाहाकार नरेन सापकोटा र उपाध्यक्ष अतित भुषालले गरेका थिए ।

समाजको संरक्षकमा युबराज भुषाल, अध्यक्षमा भुपराज डुम्रे, बरिस्ठ उपाध्यक्षमा सीता बराल, उपाध्यक्षहरु कोपिला सापकोटा, दिपक पाण्डे, अतित भुसाल, अर्जुन कार्कि छन । त्यस्तै ठग प्रसाद डुम्रे अशोक महासचिव, कृष्ण तिवारि सचिब, कोषाध्यक्ष भिम प्रसाद भट्टराई सहकोषाध्यक्षमा हेमराज डुम्रे, प्रवत्तामा सुनिल पाण्डे, सह प्रबक्ता हरि पाण्डे, सङ्गठन बिभाग प्रमुखमा हिरामणि ढकाल, प्रचारप्रसार प्रमुखमा मनोज पाण्डे, साँस्कृतिक बिभाग प्रमुखमा पार्वति पङ्गेनि, अनुसासन बिभाग प्रमुख कृतन श्रेष्ठ, खेलकुद विभाग प्रमुख सुर्य पौडेल छन । त्यस्तै सक्रिय सदस्यहरुमा टेक प्रसाद सापकोटा, सबिता नेपाल, सपना गुरुङ, ओमकान्त तिवारि, उषा पाण्डे, शान्ति काफ्ले, कुल प्रसाद तिवारि, चोलाकान्त तिवारि, कल्पना सापकोटा,जमुना पाण्डे, दिपक पाण्डे छन । समाजको बरिस्ठ सल्लाहकारमा हरि प्रसाद न्यौपाने, सल्लाहाकारहरुमा सन्दीप सर्मा, अस्मिता क्षेत्रि, मुना सापकोटा, किस्न बास्तोला, नरेन सापकोटा र ध्रुवराज पाण्डे छन ।


समाजले गरिव तथा असाहयहरुको सयोगार्थ आईतवार कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमबाट बचत भएको रकम एक कार्यक्रमको आयोजना गरि उद्धेश्य अनुरुप खर्च गर्नेछ । समाजले युएईमा रहेर ब्यवसाय गरेका नेपालीहरु, स्थानीय तथा विभिन्न क्षेत्रबाट समेत साथ पाएको थियो ।
आफ्नो कार्य ब्यस्तताका बिच देश बाहिर गरिएको नवलपारासी सेवा समाजको कार्य र कार्यक्रम उदाहरणीय छ ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?