काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
१५ लाख रुपैयाँ घुससहित पक्राउ परेका बादेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनी गएको ३ गते घुस रकमसहित पक्राउ परेका थिए ।
आयाेगकाे टाेलीले अध्यक्ष बादेकाे साथबाट जापानी रुपैयाँ १० हजार र अमेरिकी डलर एक सय रुपैयाँ पनि बरामद गरेकाे छ ।