अफगानिस्तानसँगको एकमात्र टेस्ट क्रिकेटमा श्रीलङ्का १० विकेटले विजयी भएको छ ।
अफगानिस्तानले दिएको ५६ रनको सामान्य लक्ष्य श्रीलङ्काले चौथो दिनको खाना समयपछि ४४ बलमै भेटायो । श्रीलङ्काका दिमुथ करुनारत्नेले ३२ र निशान मदुश्काले २२ रन बनाए ।
अफगानिस्तान दोस्रो इनिङ्समा २ सय ९६ रन बनाउँदा अल आउट भएको थियो । अफगानिस्तानका इब्राहिम जद्रानले शतक र रहमत शाहले अर्धशतक रन बनाए । श्रीलङ्काका प्रभात जयसूर्याले ५ विकेट लिए ।
यसअघि कोलम्बोमा टस हारेर ब्याटिङ गरेको अफगास्तिान पहिलो इनिङ्समा १ सय ९८ रनमा समेटियो । अफगानिस्तानका रहमत शाहले ९१ रन बनाए । श्रीलङ्काका विश्व फर्नान्डोले ४ विकेट लिए ।
श्रीलङ्काले पहिलो इनिङ्समा ४ सय ३९ रन बनाएको थियो । श्रीलङ्काका एन्जेलो म्याथ्युज र दिनेश चन्डीमालले शतक बनाए । यस्तै दिमुथ करुनारत्नेले अर्धशतक बनाए । अफगानिस्तानका नवीद जद्रानले ४ विकेट लिए ।
यी दुईबीच तीन खेलको एकदिवसीय र तीन खेलको टी–२० क्रिकेट शृङ्खला पनि हुनेछ ।