शान्तिवाटिकामा धर्नामा बसेकाहरूलाई काठमाण्डौ महानगरले हटायाे

काठमाण्डौ महानगरपालिकाको नगर प्रहरीले शान्तिवाटिकामा धर्नामा बसेकाहरूलाई हटाएको छ । विभिन्न माग राखेर शान्तिवाटिकामा धर्नामा बसेकाहरूलाई आज नगर प्रहरीले हटाएको हो ।

काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले सुरक्षाको कारण देखाउँदै माइतीघर मण्डललाई निषेधित क्षेत्र तोकेपछि मिटरब्याज पीडित, धनुषाकी आरती साहका परिवारलगायतले शान्तिवाटिकामा प्रदर्शन गर्दै आइरहेका थिए । नगर प्रहरीले उनीहरूको समानसमेत बाहिर निकालेर शान्तिवाटिकामा ताला लगाएको छ ।

गएको मङ्सिर ७ गते नेकपा एमाले निकट युवा सङ्घ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा हुने लागेको प्रदर्शनलाई हेरेर काठमाण्डौ जिल्ला प्रशासनले माइतीघरलगायतका क्षेत्रमा जारी गरेको निषेधाज्ञा अझै हटेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?