महोत्सवमा जालझेल, कलाकारहरु उजुरी दिने तयारीमा(भिडियो सहित)

पाल्पाको तानसेनमा जारी तानसेन महोत्सवमा कलाकार तथा दर्शकहरुलाई नराम्ररी झुक्याईएको छ । ब्यानरमा राखेर प्रचार गरिएका अधिकांस चर्चित कलाकारहरुनै महोत्सवमा ल्याइएको छैन । उनिहरुका फोटा मात्रै प्रयोग गरिएको छ त्यो पनि अनुमती बाहेक । ‘म संग कार्यक्रममा आउने बिषयमा टुङगोनै लागेको थिएन तर मेरो फोटो राखेर मेरा शुभचिन्तकहरु माथि बदनाम गरियो’ कलाकार पुस्कल शर्माले भने, ‘हामी उजुरी दिने तयारीमा छौँ, बिना अनुमती हाम्रो फोटो किन प्रयोग गरियो ?’ कलाकार शर्माले अन्य कार्यक्रममा पनि दर्शकहरुको विश्वास गुम्ने खतराबाट बँच्न उजुरी दिने निर्णयमा पुगेको बताए ।

कलाकार शिरिष देवकोटाले आँफुहरुमाथी चरम राजनिती गरिएको र शुभचिन्तकलाई नराम्रो छाप पारिदिएकाले यसको जवाफ आयोजकले दिनुपर्ने बताएका छन । कलालाईनै बिक्रि गर्न खोजिएको प्रति दुख ब्यक्त गर्दै कलाकार देवकोटाले थाहानै नदिई फोटो राखिनु सामान्य नभएको तर्क गरे ।

कलाकार हुम गैरेले १ कल फोन सम्म नगरी आफ्नो फोटो राखिएकाले आयोजक क्षमा गर्न लायक समेत नभएको बताए ।
महोत्सवमा चर्चित कलाकार तथा फिल्म निर्देशक नारायण रायमाझी, गायक राजु परियार, शान्ती श्री परियार, समिक्षा अधिकारी, अस्मिता अधिकारी लगायतको समेत प्रचार गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?