नवलपरासी सेवा समाज युएईले सुनवल नगरपालिका ११ केरवानि स्थित बाबा बर्दगोरिया आधारभुत बिद्यालयमा आइतवार ५३ हजार रुपैँयाको अक्षय कोष स्थापना गरेको छ । स्थापना कार्यक्रममा बोल्दै नवलपरासीे सेवा समाजका अध्यक्ष भुपराज डुम्रेले बिद्यार्थीको शैक्षिक क्षमता बृद्दि गर्न सहयोग गर्ने हेतुले अक्षयकोष स्थापना गरिएको बताए ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम पान्डेयले उचित कामका लागि अक्ष्यकोषबाट प्राप्त हुने रकम खर्च गर्ने जानकारी दिए ।
समाजले विभिन्न बिद्यालयमा अक्षयकोष स्थापना गरी सहयोग गर्ने अभियानलाई निरन्तरता दिईरहेको छ ।
कार्यक्रममा नवलपरासी सेवा समाजका पदाधीकारी तथा सदस्य, शिक्षक, अविभावक र बिद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।