ब्यस्त बैदेशिक दैनिकी, घर परिवार र कारोबार ब्यवहारलाई सम्झिने हो भने न कार्यक्रममा जान मन लाग्ला, न नाँच्न गाउँननै । दर्शकका रुपमा उनिहरुको उपस्थिती, उत्साह र बेजोड जोशलाई हेर्नेहो भने युएई स्थित नेपालीहरुलाई कुनै पिडानै छैन जस्तो लाग्दथ्यो, आईतवार बर दुवैको क्लब एसके सेभेन हलको कार्यक्रममा जो देखिन्थ्यो । यो हुनै सक्दैनथ्यो उनिहरु फुर्सदमा छन, निस्फिक्रि छन अनि सबै चिज ठिकठाक चलिरहेको छ । तर युएई स्थित नेपालीहरु सांगितिक कार्यक्रममा युएईमा सायदै यसरी झुमेका थिए जसरी नेपाली समाज युएईले ३५ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा रमाएका थिए ।
अबुदावीबाट झण्डै ३ घण्टा यात्रा गरेर आएका कमल भट्टराईले अब्बल कलाकारको प्रस्तुती, नेपालीहरुको साझा संस्थाको कार्यक्रम र कुशल ब्यवस्थापनले युएईमा रहेका नेपालीहरुले पिडा बिर्सेरै नाचेको बताए ।‘आउन त कमाउन आएको हो तर कमाउने पिडाका बावजुत रमाउनुको मजा झनै बेसी भयो’ भट्टराईले भने, यो हामि नेपालीको स्वभाव पनि होला ।’ कार्यक्रम उत्कृस्ट भएको उनको प्रतिक्रिया छ ।
नेपाली गित संगितको क्षेत्रमा स्थापित कलाकारहरुको स्टेज प्रस्तुतीले अर्को पटक युएईलाई सांगितिक बनाएको हो । कुटुम्बका युएई स्थित प्रतिनिधी अतित भुषालसंग कुरा गर्दै गायक कुलेन्द्र बिश्वकर्माले युएईको कार्यक्रमले साँगितिक हिसावले ऐतिहाँसिक रेकर्ड राखेको बताए । युएई स्थित नेपालीहरुका दुःख सुख एकिकृत रुपमा सुन्न पाउने वातावरण समेत कार्यक्रमले तयार गरेको गायक बिश्वकर्माको भनाई छ ।
कार्यक्रममा बरिष्ठ गायक तथा फिल्म निर्देशक नारायण रायमाझी, गायिका शान्ती श्री परियार, गायिका रेश्मा बोम्जन, नरेन सापकोटा, नारायण न्यौपाने लगायतको उपस्थिती थियो ।
युएईमा नेपालीहरुले धेरै कार्यक्रमहरु आयोजना गर्दछन । त्यसमध्ये साँस्कृतिक र सहयोग हस्तान्तरण कार्यक्रम महत्वपुर्ण मानिन्छन । प्रत्येक आइतवार कुनै न कुनै कार्यक्रम नेपालीहरुले आयोजना गर्ने गरेको आयोजक नेपाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्यालको मन्तब्यबाट थाहा हुन्थ्यो । युएईमा झण्डै ९० वटा संस्थाहरु रहेका कारण कार्यक्रमहरु भैरहनु भने नौलो होईन । आफ्नै नेत्रित्व रहेको संस्थाको कार्यक्रमको सफलतामा दिनरात आँफु र समुहले काम गरेका कारण कार्यक्रम भब्य भएको अध्यक्ष अर्यालको भनाई छ । कार्यक्रमले अनपेक्षित सफलता प्राप्त गरेको भन्दै अध्यक्ष अर्यालले आगामी दिनमा थप मायाँको अपेक्षा गरेको बताएका छन ।
सांगितिक कार्यक्रमले नेपालीहरु बिचको हार्दिकता समेत बढाएको छ । कार्यक्रमले बिदेशमा रहेर पनि नेपाली कला संस्कृती र सम्पदा संरक्षणको सन्देश समेत दिएको छ । समाजले बचत गर्ने रकमबाट युएई स्थित नेपालीहरुको सहयोगका लागि खर्च गर्नेछ ।
-नारायण न्यौपाने